“निकालियो तपाईंलाई
काखी च्यापियो उसलाई
केही आधार देख्दिन म
न गल्ती छ तपाईंको
न बढी योग्यता छ उसको”
सुनाए एकजनाले।
चिन्ताले भने
या उक्साउन भने
दोधारमा परे म।
“किन चुप तपाईं ?”
फेरि सोझियो प्रश्न।
“नाकको एलर्जी छ त्यसैले”
झटपट उत्तर आयो मेरो।
छक्कै परे उनी
“त्यसको के सम्बन्ध ?”
बोल्दै थिए उनका आँखाहरु।
“अनि वान्ता हुन्छ मलाई
उसलाई हुँदैन”
उनी अवाक्
माहोल ठन्डा।
“हैन सर! यसको के सम्बन्ध ?”
कठिन गरि सोधे केहीबेरमा।
टिठ लाग्यो मलाई
झोला खोलेर निकालेँ अत्तर
बोलेँ उनीतिर सोझ्याउँदै
“आफ्नै काखी त सहन सक्दिन
अर्काकोमा च्यापिएर बाचौँला कसरी?”
मुसुक्क हाँसे उनी।
बाजुङ, पर्वत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला