कोइली कुहु गरेर दिनहुँ गाउँछे उसैका कुरा।
मन्द भो किन स्वर तिनको यहाँ सीमा भए साँघुरा।

एकेे पाइलाा टेकी उठ्थ्याे शीर याे, उच्च थियाे टाकुरा,
सुन्ने भन्ने थलाे नि:शब्द छ यहाँ एक्लिएछन् पँधेरा।

दैलो कुचो सकी हतास मनमा बज्थे ती छिन्छिन् चुरा
दूषित भाे तलाउ, पाेखरी पनि हुन्नन् नि भाे अब पूरा।

गलेे भष्म भए जगतजनका कलिला ती आँकुरा,
बेकामे भएछन् वयहरुसङ्ग वलिष्ठ ती पाखुरा।

हलाे, कुटाे अझ काेदालीहरुले बिर्से आलीले गरा,
बिर्से भाकाहरु राेपारेहरुले नाच्दैनन् लौ मजूर।