क्षितिजबाबु

म आफ्नै खुट्टामा हान्न, बन्चरो उध्याउँदै छु
नकाट्ला कि खुट्टो, त्यसैतर्फ़ सोझ्याउँदै छु ।

म आफ्नै आँखामा, आँसु रोज्दै छु,
मुहानहरू सुक्ने हो कि कतै,
हरेक दिन बाटो कोर्दै छु ।

म आफ्नै मुटु फोर्न खोज्दै छु,
नटुक्रिने हो कि कतै,
गरुङ्गो ढुंगा रोज्दै छु ।

म आफ्नै हातमा चक्कु जोरदै छु,
तगारो बनेका हस्तरेखा, एक एक गरि खोज्दै छु,
नसमेटिएलान् कि सबै, धर्को कोर्दै छु,
म आफ्नै हातमा चक्कु जोरदै छु ।