पवनकुमार बुढाथोकी

के बिगार गरेँ र मैले तिम्रो
यस्तो हालत बनाइदियौ !
केही दिनको चिनजानले गर्दा
निको नै नहुने ब्यथा भिडाइदियौ !

डाँडा माथिको जूनजस्तै
सधैँजसो हराउँछ्यौ
सहनलाई गाह्रो हुन्छ
मर्नु न बाँच्नु तुल्याउँछ्यौ !

के बिगार गरेँ…

तिमी आको खबर पाउँदा
बुर्कुच्चै ठोकेर भेट्न गएँ
परायाको साथमा पाउँदाको
चोटले गर्दा त इन्तु न चिन्तु भएँ !

के बिगार गरेँ…

माछा माछा भन्दाभन्दै
भ्यागुतो पो मलाई भिडाइदियौ
मलाई आशा देखाउँदा देखाउँदै
अर्कालाई पो साथी बनाइछ्यौ !

के बिगार गरेँ…