तिमीले मलाई सुटुक्कै भुलेछौ
समाएर हातै कसैको डुलेछौ ।
बिराएछु मैले त मायाँ दिएर
बिताएछु रातै म रक्सी पिएर॥
नखोजे भयो अन्तसम्मै मलाई
बसेको हुने छैन मायाँ फलाई।
म खोज्नेछु बाटो नयाँ डुल्नलाई
गरूँला म चेष्टा पीडा भुल्नलाई॥
भयौ निष्ठुरी आज कस्को इशारा
भुलेरै मलाई भयौ बेसहारा ।
अभागी रहेछौँ कि हामी दुई नै
डुलेका रहेछौ दिशाहीन एक्लै॥
गरेको छु वाचा लगाउन्न मायाँ
कसैले मलाई नदेओस् छाया ।
गरूँला म चेष्टा खुसी बाँड्नलाई
म भित्रै रहेको व्यथा त्यो लुकाई॥
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला