बालकुमार क्षेत्री

भएको थ्यो मेरो अति सहजले जन्म  भवमा
हिलो मैलो नै थ्यो सुदिन बुधको भाद्र महिना
बुवा  मेरा  टीका जग सकलका भद्र  पनका
मुमा मेरी नैना करुण दिलकी शान्त गजब ।।१।।
बिते एघारौँ ती  दिन चरणमा पुण्य  गुरुको
जुराएछन् यस्तो अनुसरणमा बाल म अहो
थिएँ बच्चा सानो तब भुवनमा हर्ष छरियो
चल्यो फागुन् मैना गजब गरिमा अन्न रसिलो ।।२।।
जिवा रत्ना मेरा कडक दिलका सारथि बनी
समाते ती औँला सँगहजुरबा हिँड्न म पनि
म सुन्थेँ रामायण्  हर बखतमा काव्य लहरी
सिकाए बाबाले मन मगजमा त्यो शिखरिणी ।।३।।
म लड्थे बेपत्ता तब सुमनले खोज्छ नयनी
नजाती थ्यो बानी विगत पलले पिर्छ सपनी
कुनै आयो यौटा प्रहर पलको बाल्यवयमा
हिँडे  झोला बोक्दै सरल पथमा कष्ट मनमा ।।४।।
कठै हाम्रा पाला सुकुल चकटी  कस्न पलटी
नयाँ नौलो भाका अझ सरसको भुल्नु कसरी
उदाए आशाका किरण मनमा वर्ण कखरा
अहो हाँस्छन् साथी हृदय कलिलो बाल बिचरा ।।५।।
पैँयु गाउँपालिका – ४ (पर्वत)