देखाउन नमिल्ने पीडा जति
आँसुको नदी बनाई, पीडा बगाउँदै
अधुरा सपनाहरू पछ्याउने क्रममा,
नाम्लाका दागहरूको छाप टाउकामा बस्ने गरी
उतारचढाउको गह्रुङ्गो भारी बोक्दै
जीवनका उकाला यात्राहरू
हजुर, केवल उकाला बाटाहरूमा
कदम निरन्तर अघि बढिरहेको छ
यसै गरी चलिरहेको छ तारेभीरझैँ,
यो जिन्दगी!
तेह्रथुम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला