के गरूँ तिमीलाई?
सारा जिन्दगी हेरेर बसूँ कि
आँखाभित्र सजाएर राखूँ?
कसैले नदेख्ने गरी
यो मुटुभित्र लुकाएर राखू कि
सारा दुनियाँले देख्ने गरी
आफ्नो अँगालामा बेरेर राखूँ?
के गरूँ तिमीलाई?
मलाई पगल गर्न आएको तिमी
तिम्रा अघि न केही देख्छु न केही सुन्छु
तिम्रो आकृतिले मेरा इन्द्रियहरूलाई
हरकाम भुलाउन मजबुर गर्दछन् ।।
के गरूँ तिमीलाई?
मेरो मन र मस्तिष्कमा
राज गर्न निस्केको तिम्रो त्यो हाँसो
मलाई संसारका हर मिठा
गीत, गजल, धुनहरू भुलाउन मजबुर गर्दछन् ।।
के गरूँ तिमीलाई?
मलाई बेहोसी गर्न आएको तिम्रो खुस्बु
थुनेर राखूँ कि बाँधेर राखूँ?
मेरो हृदयलाई उथलपुथल गर्न
आएको तिम्रो खुस्बुले मलाई
सारा सुवास भुलाउन मजबुर गर्दछन् ।।
के गरूँ तिमीलाई?
तिम्रो सुन्दरता हेरूँ कि चाखूँ?
हेरेर नथाक्ने मेरा आँखा तिम्रो मुहारमा
मलाई संसारका हर
सुन्दर फूल, बगैँचा, पन्छी,नदी, पहाडहरू
भुलाउन मजबुर गर्दछन् ।।
के गरूँ तिमीलाई
देखाऊँ, लुकाऊँ, हेरूँ, सुनूँ ,सुनाऊँ,
खाऊँ,लागाऊँ, बोकूँ,हिँडूँ, कुदूँ?
आखिर के गरूँ तिमीलाई ?
तिम्रो मायाँमा डुबेकी म
तिमीबाहेक मलाई न केही जान्नु छ
न केही मान्नु छ!!
न केही देख्नु छ न केही सुन्नु छ,
बेहाल हालहरूसँग हाल मिलाएर
उर्लिएको यो यादहरूको छाललाई
रोकूँ म कसरी??
तिमी नै भनिदेऊ अब,
के गरूँ तिमीलाई?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला