के देश के विदेश देखेकै छौ संसार सारा
कोरोनाकै छ विशेष तपाईं-हाम्रो के कुरा
कोरोनाको हानिबारे जानकार छौं हामी
हात धुने, मास्क लाउने बसालौं है बानी
कति मरी मेट्नु मरिलानु के नै छ र
कति हतारिनु साँची राख्नु के नै छ र
डराउनु हुन्न हामी सजग भए हुन्छ
बाहिर जान छाडिदिई घरै बसे पुग्छ
भोकैले त्यसै मरिदैन बाँडीचुँडी खानुपर्छ
लोभको भाँडो भरिँदैन महामारी टार्नुपर्छ
भौतिक दुरी बढे भावनाको दुरी घटाऔं
अल्छी गरी सुत्नु भन्दा सिर्जना गर्न लागौं
विदेशबाट आए क्वारेन्टाइनमा बस
देशभित्र भए आ-आफ्नै घरभित्र पस
तिमीलाई त लाग्दो हो मर्न चाहिं मरिन्न
पशुपतिनाथ साथमा छ संकटमा परिन्न
हाम्रो यो अन्धो सोचाई नमिलेमा के हुन्छ
धेरै ख्यालठट्टा गर्दा ज्यानै पो जान सक्छ
थोरै पाउने लोभमा सबै गुमाए के हुन्छ
तिम्रो हाम्रो टोलमा मसान घुमे के हुन्छ
बिन्ति छ सबैलाई नबनौं है पटमूर्ख
केही साता पर्खी हेरे हुन्न अब दुःख ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।