Chovar Blues Mobile Size

मञ्जुला तामाङ सुब्बा (दार्जीलिङ)

पैँचो

ओ जून

नचिहाउनू मलाई पछिल्तिरबाट

मेरो गन्तव्य अझै बाँकी नै छ ।

चाहिएन पैँचो

तिम्रा जुनेली रातका आशाहरू

अन्धकारमै खोजिसकेँ

लक्ष्यमा पुग्ने आँटहरू ।

 

मनाकाश

बिचरा यो मन

कल्पनाको उडानमा

मनाकाशतिर विचरण गर्दागर्दै

यथार्थले झसङ्ग बनाइदिँदै छ

भरोसा र आशा अनुभव

यो मन यो इच्छा ।