अनि न झल्किन्छ
हामीमा खुसी माथैमाथ

पवनकुमार बुढाथोकी

न त कुहिराले ढाकेको
त्यो घना जङ्गल
न त अन्धकारले छाएको
त्यो औँसीको रात !
तिमी हुन्छ मात्र भनिदेऊ
जताततै देख्नेछौ
हरियाली बाग !
न त देख्नु पर्नेछ
कतै उझाड मरूभूमि
न त हुनेछ
हाम्रो मन उजाड !
त्यसको बदलामा
रविको किरणले टल्काएको
हिमाच्छादित सुनौलो पहाड !
त्यो औँसीको रात मात्र हैन
चन्द्रमाले देखाएको प्रकाश
यसका लागि अझै हुनुपर्नेछ
हामी एक साथ !
अनि न झल्किन्छ
हामीमा
खुसी माथैमाथ ।