मलाई थाहा छ,
तिमीले धावा बोल्नेछौ
मेरो सोचविचार
मेरो बोलीचाली
मेरो वेशभूषा
र सबै सबै कुरामा ।
मलाई खुम्च्याउनेछौ तिम्रै
आफ्नै सङ्कुचित
परिधिभित्र
मलाई बाँध्नेछौ
सामाजिक साङ्लाले
मलाई घोच्नेछौ
विभेदकारी उखान टुक्काले
मलाई यातना दिनेछौ
नगनेर तिम्रो समाजमा
मलाई जिउँदै मार्नेछौ
छिनेर मानसम्मान ।
तिमीलाई लाग्छ होला
यसलाई निमोठिसकेँ
म जागेको दिन
पन्छिने छौ पशुसरि!
बझाङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला