चन्द्र उप्रेती

त्यो पचहत्तर वर्षअघि
एकसय चार वर्षदेखि उम्रिएको सिस्नाको झ्याङलाई
मास्न रोपिएको त्यो  रूख !
आज हेर जनतालाई शीतलता दिँदादिँदै बूढो र कुप्रो भएछ ।
बीज थिएन त्यो खेतको मालीसँग
तर सुनौलो सपना थियो
त्यसैले छिमेकीकैबाट बीज ल्याएर भए पनि
अत्याचारी सिस्नालाई पत्तासाफ नै बनायो
तर आज हेर  बूढो रूखबाट बनेको बन्चराले
त्यही रूख टक-टक-टक बिस्तारै काट्न खोज्दै छ ।
न पात न हाँगा न त जरै पलएको
त्यो सिस्नो मास्ने रूखलाई
बाँसको झ्याङले चौध वर्ष नपुग्दै छोपिदिएछ
तर सपना बोकेको रूखलाई
 बाँसको झ्याङले कहाँ छेक्न सक्थ्यो र
तर आज हेर त्यो सिस्नो र बाँस मस्ने रूखलाई
आफ्नैले जरा लुस्दै गलाउँदै छन् ।
कति मलिलो रहेछ त्यो रूख रोप्ने हात
कठोर सिस्नो र बाँसझ्याङबीच पनि जागिराख्यो
कैयौँ बाढीपहिरो र हावाहुरीमा नि
आफ्नो जर र हाँगासमेतले समतिरख्यो
तर आज हेर त्यो बूढो रूखलाई बनमाराको लहराले
छोप्दा नि सबै चुप छन् ।
सिस्नो मासी बाँस फाँडी रूख त उम्रियो
उर्मियो एक विशाल रूपमा,
दियो  अनेकौँपटक शीतलता र छहारी
त्यस अत्याचारी र सामन्तीको तपमा
तर आज हेर त्यही बूढो रूखको शिर काटी
आफ्नो घर बढाउँदै छन्
हरियो पात जलाई रूखमा
कालो पात सजाउँदै छन्
कालो धन कमाउँदै छन्
कमाउँदै छन् ।