पहिले ढोका र डोकाको मान्छे,
आजकल केही परिवर्तन भएको छ ।
र त ऊ
डोकाबाट झोलामा पुगेको छ,
उसको पदोन्नति भएको छ ।
ढोकाबाट पर धकेलिएको छ,
उसको पजनी भएको छ ।
पहिले आफ्नो र परायाको मान्छे,
आजकल केही परिवर्तन भएको छ।
र त ऊ
आफ्नोबाट पराया भएको छ,
सिद्धान्तच्युतको खोल ओढ्न बाध्य छ ।
परायाबाट आफ्नो बनेको छ,
खरानी-शृङ्गारले प्रिय बनेको छ।
00000
र त ऊ
पहिले सिद्धान्त र निष्ठाको पर्यायवाची,
अहिले अहङ्कार र कुण्ठाले पाकेको छ ।
नीति र नैतिकताको पाठ थियो ऊ
अहिले भष्मासुरको रजगजमा नाचेको छ ।
र त ऊ
न त कसैको प्यारो बन्न सकेको छ
न त कसैको झटारो बन्न सकेको छ।
फाइदाको व्यापारमा दौडिएका यी अनुहारहरू,
आजकल ढोका र डोकाको कथा बेच्दै छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला