

हिमाल झैँ पग्लिएर
स्वरुप आफ्नो मेटाएर
बन्दै नदी छलछल छहराऊँ
सागर-सागर लहराऊँ ।
हिरण्य गर्भ तोडेर
चरी झैँ आवरण फोरेर
उन्मादमा पखेटा फटफटाऊँ
गगन-गगन फिजारिऊँ ।
बाँधेर भरोसा प्रेममा
जलेर सीता झैँ ज्वालामा
छाती फोरेर उडी जाऊँ
सडी मरुँ या भिडी जितूँ ।
सागर-सागर लहराऊँ
गगन-गगन फिजारिऊँ
छाती फोरेर उडी जाऊँ
सडी मरुँ या भिडी जितूँ ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू