साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- बौलाहापन

मेरो लेखन यात्रामा उत्प्रेरणा दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद अर्पण गर्दै मेरो लेखन प्रयास-३५ कविता यहाँहरू समक्ष पस्केको छु:-

सबै पूर्वबाट आरम्भ देख्छन्
म पश्चिमबाट आरम्भ देख्छु
सबै आफैलाइ जुझारु मान्छन्
म सबैलाइ मृतझै मान्दछु
के भएछ आफैमा कुन्नि के हो?
म त बौलाएँ कि के हो?

कोहि त यहाँ रीतिमा छैनन्
रीतिमा भएझैं नाटक गर्छन
जीउनको लागि अभिनय हो
कस्तो अभिनय कस्को लागि
आफैमा अलमल छु म आज
के भएछ आफैमा कुन्नि के हो?
म त बौलाएँ कि के हो?

आफुले आफैलाइ चिमट्छु
अनुभुति केहि आफैमा हुन्छ
कसैमा कसैप्रति अनुभाव छैन
दौड छ प्रतिबिम्ब छ दौडको
खै कस्तो कस्तो जीवन प्रबाह
निरर्थक भाव जस्तो अलिनो
के भएछ आफैमा कुन्नि के हो?
म त बौलाएँ कि के हो?

सम्बन्धित पोस्टहरु

कविता- एक्लै छाडेर गई

कविता- म कवि होइन हजुर

दिनेश घिमिरे

कोही कसैसग केही बुझ्न खोज्छु
बेअर्थसग अर्थहरू  अडकिरहन्छ
कसैलाई केहि बुझाउन खोज्छु
बुझ्न अपनाउन कोहि तयार छैनन्
यात्राको गन्तव्य अनिश्चित छ भन्छु
यात्रुहरू अनिश्चिततामा गतिशिल छन
के भएछ आफैमा कुन्नि के हो?
म त बौलाएँ कि के हो?

कस्तो कस्तो रसमुघ्ध छ जीवन
अभ्यास अनि अनुभूतिको गन्ध
आफै भित्रबाट ढसढस् गन्हाइरहेछ्
मन्त्रमुग्ध सोमरस पाँनको नसा जस्तो
पर चिताँले गिज्याँईरहदा पनि मस्त
आफु आफैलाई मस्त गिज्याँईरहेको
के भएछ आफैमा कुन्नि के हो?
म त बौलाएँ कि के हो?

प्रतिक्रिया
Loading...