हरायो पूर्णिमा
औँसी छाएकाे छ छातीमा
बिलायाे वसन्त
आएको छ शिशिर छातीमा
कहाँ गयाे हरियाली ?
भेटिएको छ मरुभूमि छातीमा
कहाँ गए परेवा ?
छाएको छ अशान्ति छातीमा
हाे, आमा ! छाै तिमी, जीवन र मरणकाे दाेसाँधमा
छियाछिया बन्दछाै कहिले
भूकम्प गएर छातीमा
हुरहुरी जल्दछाै कहिले
ज्वालामुखी गएर छातीमा
बिरुप देखिन्छाै कहिले
बाढी आएर छातीमा
कुरुप भेटिन्छाै कहिले
भूक्षय भएर छातीमा
हाे,आमा! छाै तिमी, स्वर्ग र नर्ककाे दाेसाँधमा
हाेइन आमा त्यतिमात्रै,
भएकाे छ भ्रष्टाचार तिम्रो छातीमा
छातीमा बढेकाे छ घुसखाेरी
लाइएकाे छ डढेलाे तिम्रो छातीमा
छातीमा छरिएको छ दुर्गन्ध
नाचेका छन् मुर्कट्टाहरु तिम्रो छातीमा
छातीमा छाएकाे छ अशान्ति
हाे, आमा! भएकाे छ तिम्रै छाती बलात्कृत
पुछ्न तिम्रो बलात्कृत आँसु
माटाेमा राेपेर उन्नतिकाे बिज
बालेर माटाेमा शान्तिकाे दीप
फुलाउनु छ विकासकाे फूल
मगमग बास्ना चलाएर फूलको
अनि मात्रा बढाएर अक्सिजनकाे
छातीभित्र पुर्याएर,बनाउनु छ
तिम्रो फाेक्साे स्वस्थ
रुप धारण गरी भाइरसकाे
आएकाे छ भ्रष्टाचार
बढेको छ घुसखाेरी
लागेको छ डढेलाे
छरिएको छ दुर्गन्ध
नाचेका छन् मुर्कट्टाहरु
छाएकाे छ अशान्ति
अनि भएकाे छ बलात्कार
हाे,आमा! गरेको छ आक्रमण
तिम्रो फाेक्साेमा काेराेनाले
जिम्मेवारी छ मेरो काँधमा
भाइरसमुक्त तिम्रो फाेक्साे निर्माण गर्ने
त्यसैले, आएकाे छु
शिरमा ढाकाटाेपी
हातमा चन्द्रसूर्य झन्डा बाेकी
हाे, धरतीमाता !
आएकाे छु, तिम्रो सन्तान
बनेर एक चिकित्सक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला