कविता : आँसु

रामलाल सिनच्युरी (असम)

बिछट्टै छ दुई धारा आँसु को महिमा

सुखमा पनि आँसु  दुखमा पनि आँसु

बिचरा आँसु को के दोष ?

आँखाको एकछेउबाट

झरी दिने उसको काम

झरिदिनु परेको छ,

ऊ झरी दिन्छ ।

 

बारुद फुट्ने सिमनाबाट

छोरो घरमा आइपुग्दा

झरी दिन्छ सुखका आँसु,

कफिनमा छोरो आउँदा

ऊ झरी दिन्छ मुटुभित्रको आँसु,

दुख र सुखमा रूमलिएको छ

चारै किनारा,

अनर्थ आँसुले बगेको छ

बर्षाको भेल

बिचित्र बजारमा खप्नु परेको छ

दुई धारा आँसुको पीडा ,

बिचरा आँसु झर्नु पर्ने

ऊ झरी दिन्छ ।