कविता : घर

धर्मेन्द्र उपाध्याय (असम)
म जसरी घरभित्र हुन्छु
मभित्र पनि धेरै घरहरू हुँदा रहेछन् ।
कतिपय घरभित्र म बस्दो रहेछु
अनि मभित्र कतिपय घरहरू बस्दा रहेछन्
कहिलेकहीँ म बस्ने धेरै घरहरूमध्येको
एउटामात्रै घरमा म बस्छु
अनि छेवैको तिमी मात्रै बस्ने घरमा म पस्छु ।
तर तिमीभित्र पनि अरू धेरै घरहरू हुँदा रहेछन्
ती घरहरूमा तिमी बाँडीचुँडी बस्दो रहेछौ ।
आज तिमीलाई खोज्दै जाँदा
कोहीवेला चिनेकै तिमीलाई देख्दो रहेछु
कोहीवेला नचिनेको तिमीलाई ।
र पनि आँखा जुध्नेबित्तिकै
दुबै जना हातेमालो गर्दै
अर्कै एउटा घरमा पस्दा रहेछौँ
बाँसुरी खोज्दै ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
