उसले छुट्टिने दिन,
म आउँछु भनेर गई।
मेरा लागि, उसको आउँछु मै,
माया लाउँछु को जवाफ थियो।
प्रश्न प्रति प्रश्न, गरी रहे उसलाई
उसको मौनताको मर्मलाई हिर्काइरहे।
तर, उसको मौनतामा सुशील हाँसो
र माया प्रतिको समर्थन मात्रै थियो।
एउटा प्रश्न उसले पनि गरिथी मलाई
सौहार्द्ध, शान्त र लजालु मुस्कानको भावले।
माया गर्नु हुन्छ र मलाई ?
गर्दिनँ तँलाई माया।
भनेको थिएँ।
बिचरी निल्ल भई।
फेरि उही सौहार्द्ध, शान्त र लजालु मुस्कानको भावले
पुलुक्क हेर्दै भनी,
हेरन कत्तिसम्म अहम् देखाउन परेको,
अलिकति अफवाह चल्दा त
दुई दिन घरबाट निस्किन नसक्नेले के माया गर्नु?
प्याँचै भनी
अनि पो म निल्ल जिल्ल भएँ।।
मेरो ख्याल कसले गर्छ?
भन्ने प्रश्नै प्रश्नका आँसुहरूले गह भिजाउँदै
आफ्नो ख्याल गर्नु भन्दै
ऊ ओझेल परी।
मेरा गह एकछिन नजाऊ न भनी रहे थे
आज,
ऊ पारिको देशमा
ऊ भएको ठाउँलाई
मेरा अन्दाज औंलाले देखाउने क्षितिज
र उसले वहाँबाट देखाउने क्षितिजमा
हाम्रा असीम चाहनाहरुको स्पर्श भइरहेछ।
ऊ उसै गरी प्रश्न गर्छे।
म उसै गरी बाउँठिन्छु
तर यो भन्न सक्दिनँ
हो, म तिमीलाई असीम माया गर्छु।
हाल – कुवेत
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)