साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

परदेशी जीवन

कविता


लगाई टीको आशीष बाको लिएर हिँडेको,
जागीर छैन देशमा सम्झी जहाज चढेको।
उत्रेर हेर्दा झिली र मिलि ठुलै यो शहर ।
आशाले झनै खुलेर आयो मनका रहर ।

देखेर टोपी चिनेर मान्छे साहुले बोलायो।
गाडीमा हुलि लिएर गयो कम्पनी देखायो।
साघुँरो कोठा विदेशी साथी मिलेर बस्नु छ।
बोकेर खाना काममा जान बिहानै उठ्नु छ।

प्यारिको फोटो ल्याएको थिएँ झोलामा राखेर।
निकाली फोटो छातीमा टाँसे देउता सम्झेर।
झारेर आँसु हातले पुस्दै काममा निस्किएँ।
चर्को त्यो घाम बतास तातो देखेरै तर्सिएँ ।

bahulako diary small and inside post

साबेल दियो खन्नु है खाल्डो भनेर हातमा।
सम्झेर रोएँ खुशी थेँ बरु वन र पाखामा।
प्यासले गाला सुकेका बेला पानी नै पाइनँ।
हरायो भोक हरायो प्यास सम्झेर जहान ।

खोलेर पोको राखेको मात्र थिएँ है हातमा।
बगर न हो बालुवा आयो उडेर भातमा।
दुःखले मैले बिताएँ वर्ष बानी नै परेछ ।
सोचेका होलान् घरका बाले सुखमा परेछ ।

तानेको तानै गरेर होला पैसाको मोहले।
भएछ यतै बसेको बर्षैँ समायो रोगले
फर्केर जाने सपना थियो महल बनाई,
पछुतो लाग्छ गल्ती भो ठूलो जवानी गुमाई।

हाल-कुवेत

दुःखले मैले बिताएँ वर्ष बानी नै परेछ ।
सोचेका होलान् घरका बाले सुखमा परेछ ।

प्रतिक्रिया
Loading...