धर्मसंहिता
पालन गरे मिल्छ
सुखको सत्ता १

पृथ्वी घुमेर
समय लहरमा
मान्छे मुर्झायो
अस्तित्व खोजी आफ्नै
दास भै वैभवको १

चैतन्य प्रज्ञा
शीतल चन्द्र सोध्छ
किन रोप्यौ नि
तुलसीको मठमा
अकबरे खोर्सानी रु

शरद्शोभा

ज्ञान मार्गमा
पराश्रयी भएर
कसरी सक्छौ
ढुक्कले निदाउन
बर्खे झरीको रात रु

प्रलय आँधी
बढ्यो वैश्विक चिन्ता
भुल्दा तिमीले
हिन्दु–बौद्ध सभ्यता
कडा मोह विषमा १

झरेरै पनि
सुन्दरता छर्दछन्
फूल विस्कुन १
सब्बं अनिच्यं 
जूनकिरी गाउँछ
धर्मको गीत
मन्दिरको वेदीमा
बाल्दै आस्थाको दीप १

समृद्धि खोज्न
अहोरात्र खटेर
गणित थाक्यो
हृदयको थालीमा
प्रकृति प्रेम जाग्यो १

सहृदयता
मन्त्र विचार गरे
सृष्टि चक्रमा
यो नै अन्त्य होइन
प्रकृति पूजा गरे १

ऋतु चक्रमा
फर्कन्छ वसन्त त्यो
भिरपाखामा
सुनाखरी फुलेको
नागबेली हाँसेको १

धर्मसंहिता
पालन गरे मिल्छ
सुखको सत्ता १

सब्बं अनिच्यं ः पालि भाषमा – बौद्ध दर्शन अनुसार सबै अनित्य हो ।