(तोटक छन्द)

तनले मनले श्रमको बलले
नव काव्य रच्यौं भवमा लयले
नव मार्ग हिँड्यौं नव चेत छरी
कति दुःख थियो सब दूर गरी।।१

प्रिय भानु तिमी सुरुका कवि हौं
नभको रवि झैँ जगको छवि हौं
कविता मनले अति भाव भरी
दिनरात रच्यौं नव बिम्ब भरी।।२

कसिलो भरिलो फल झैँ रसिलो
सब काव्यिक फाँट बन्यो मलिलो
सब छन्द र शब्द प्रयोग गरी
सब पुष्प फुले अति प्रीत भरी।।३

सब भक्त बनी तब राम जपे
सब काव्य पढी सुर ताल भरे
नव जोस र जाँगर उच्च गरी
गुनगाण गरे प्रिय भानु भनी।।४

जब भानु चिने सब शिष्य बने
जनको मनमा तब भानु बसे
पदछाप भनी पथमार्ग हिँडे
गुनगाण गरी प्रिय भानु भने।।५

पत्थरझोडा, डुवर्स