पुरुषोत्तम उपाध्याय दाहाल (गुवाहाटी)

श्रीमतीको आवाज आयो

हजुरभित्र जानु त कोठामा

बाहिर फूलको गमलामा जल छर्किंदै थिएँ

म छक्क परेँ, अचानक हुकुम जारी,

छोरी नगर्ने भई, हजुरले  हुँदैन हेर्न ।

 

विरोध गरिन, छोरीलाई घर निकाला गरे

टेरेनन् मलाई, हजुर चुप्प लाग्नु, नबोल्नु ज्यादा भने

फुपूघर पठाए  पराल र भुइँमा सुताए रे !

 

याद आयो

ऊ जन्मिँदा नर्सले मलाई देखाएको

मेरो र सानी छोरीको नजर जुधेको

मेरो हर्षले आँसु बगेको

म बाबु भएँ भनेर फुर्केको ।

 

म टोलाइरहेँ हप्ता दिनभरि, विरोध गरेँ

टेरेनन्, विद्यालय पनि जान दिएनन छोरीलाई

अँध्यारोमा बसिरही ऊ

यौवन यस्तै हो भनेर ठानी होला सायद ।

 

ऊ आई हप्ता दिनपछि

म घरको पिँढीमा बसिरहेका थिएँ

आमाले के भनी, जान्दिनँ

ऊ मलाई नहेरी घरभित्र पसी ।

 

छक्क पर्नु !

 

उनी पर सरेकी कि, हात बन भएको कि,

रजस्वला भएकी कि, नगर्ने भएकी कि

नछुने भएकी कि

नहेर्ने भए कि ?

बढी विचित्र र कडा पो रहेछ

यो छोरीहरूको यौवन भनी ठानेँ !

 

मलाई नहेरी घरभित्र पसी छोरी

उनी नछुने भएकी कि नहेर्ने भएकी ?