लक्ष्मीकान्त पौडेल

—————
अन्योलमा न्याय खोँज्दै,
इतिहासका पानाहरुबाट
पुर्खाहरुका सङ्कीर्ण विचारहरुबाट
प्रतिस्पर्धात्मक प्रश्नहरुबाट
युवाहरुको हेलचक्र्याइँबाट
परदेशीको हस्तक्षेपबाट
स्वदेशीको गोलमालबाट
मुक्त हुन चहान्छु।
मिश्रित मेरो पहिचान
विशुद्ध उत्खनन  गर्न चहान्छु।
आफैमा परनिर्भर हुन चहान्छु।
छाडापन हुत्याउन चहान्छु।
एक वि शुद्ध महासागर हुँ।
जहाँ अनेकथरी जीवका
अनेक शासन चल्दछन्।
जित या हार
जलको रङ्गमा भर्दछन् ।
जलको स्वादमा चाख्दछन्।
सङ्गो या धमिलो ।
नुनिलो या अमिलो।
गल्ती मेरो या
मलाई रङ्ग्याउने,
चख्याउने,जन्तुको।
दोष मेरो या
खोट देखाउने शक्तिको।
आखिर
मेरो गाथा कोर्ने,
चरित्रमा मलाई  भर्ने ,
पहिचानमा दाबा बोल्ने,
स्वकीय रिवाज कोर्ने,
तीनै जन्तु न हुन।
तीनै शासक न हुन ।
जुन परम्परा, रीतिरिवाजमा
हुल्ली खेल्न चहान्छन्,
निमोठ्याउन चहान्छन्।
सर्वोत्तम आफूमा चढाउन चहान्छन्।
स्वाद अनुसार परिकार बदल्न चहान्छन् ।
बरु
रुढीवादमा निरुपण गरुँला
शोषणमा छेकबार गरुँला
 एक शसक्त शक्ति बनुँला
मनुवा मार्गदर्शक  बनुँला
विनती महोदय,
न्यायको लागी मलाई
पराधीन अदालत नपठाऊ।
मेरो मैमत्याइँलाई दुर्लभ नठहराऊ।
जब कि
तिम्रो अस्तित्व नै, मेरो शान
देशको गरिमा, देशकै मान
हाम्रो संस्कृति, हाम्रो पहिचान ।