यज्ञराज पौडेल

लड्दै
उठ्दै
हिँडिरहेछु

जिन्दगीका अनगिन्ती मोडहरूमा ।
सिक्दै छु
हरेक चोटि लडेपछि
कसरी उठ्ने भनेर ।
लडेको देख्नेहरू
कोही हाँस्छन्
त कोही
हात दिएर
उठाउन खोज्छन् ।
अफसोस
जब-जब हिँड्न खोज्छु
उठाउनेहरू नै
फेरि लडाउन खोज्छन मलाई
किनकि
उनीहरू
म लडेर उभिएको सम्म मात्र हेर्न सक्छन्
हिँडेको होइन
त्यसैले
एक्लै लड्नु छ मैले
जिन्दगीको लडाइँ ।