कविता कोरोना
कोरोना होइन यो जिन्दगीको हो परीक्षा बुझ्नू
नडराई बस्नू यसले केही पनि गर्दैन बुझ्नू
यदि गरेमा संसारमा भएका दुःख घटाएको बुझ्नू
एकदिन त जानु छ त्यसैले थोरै खुसी चाहिन्छ बुझ्नू ।
कविता माया
मायाँ गरौँ भन्दाभन्दै जिन्दगी बित्यो
मायाँ लगाउन खोज्दा जोबन रित्तियो
मायाँको अर्थ खोज्दा किताब रित्तियो
तर पापी मायाँको गुनगान न कहिले सकियो ।
कविता जिन्दगी
जिन्दगी केही छैन आउँछ जान्छ चलिरहन्छ
के को लोभ गर्छौ तिमीहरू केही छैन आउँछ
जान्छन् त हिजो, आजभोलि छ
तिमो हातमा न केही हुनेछ ।
कविता ज्योति
ज्योति खोजे जिन्दगीमा सबैतिर कहीँ भेटिनँ
तयस्या गरी ज्ञान हासिल गरेँ केही भएन
धाएँ मठमन्दिर धाएँ सारा संसार तर भएन
शान्ति मनमा आएन त्यसैले ज्योति शान्तिको तिर्सना मेटिएन ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला