सपना देख्छु हर रात दिन
तर साकार नहुनुको बात अर्को छ…
चाहनाहरू छन् मनमा अनगिन्ती
तर पूरा नहुनुको बात अर्को छ…
हर बिहानीपखको उजेलीमा
नयाँ ऊर्जाले छोएजस्तो लाग्छ…
तर बेलुकीपख उस्तै ओइलिएको फूलसरि
प्रभावहीन हुनुको बात अर्को छ…
जोस त छ हर नसा नसामा
होस नपुग्नुको बात अर्को छ…
पखालेर देख्छु आफ्नै छवि दर्पणमा
तर मनै धमिलो हुनुको बात अर्को छ…
हर दिन नयाँ यात्राको सुरुवात गर्छु
तर गन्तव्य नपाउनुको बात अर्को छ…
यात्रा नटुङ्गिने हो कि जात्रा हुने हो
जिन्दगीको दौडधुपको बात अर्को छ…
पाइलाहरू अघि बढाएजस्तो लाग्छ
तर जहाँको त्यहीँ पाउनुको बात अर्को छ…!!!!!
लक्ष्य छ सामुन्ने तर नजरमा आउँदैन
यो अदृश्य दृश्यको बात अर्को छ…!!!!!
रङ्गेली-६, स्कुलटोल मोरङ नेपाल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला