तृष्णा रुपि क्षीद्र
रिक्त-रिक्त घर
अहंको गारो
आडम्बरको छानो
कति बलियो !
मै राम्रो, मै ठूलो भन्दछ ।

झूटमा बाँच्दछ
मुखले “सत्य” भन्दछ,
सुन्दैन जीवको व्यथा
“शिव”को कथा कहन्छ,
देख्दैन आँखा
कलम “सौन्दर्य” लेख्दछ ।

मरुभूमिको खेती
आकाशको भर
न देखिन्छ नदी
न बन्छ नहर
के फल्दछ ?
चिन्ताले ‘चिता’ जल्दछ ।