सिमसिम झरी
हावा स्थिर थिएन
आकाश गडगडाएथ्यो
तिम्रो त्यो कोमल मुटुजस्तै
त्यो दिन त्यो समय ।
अझै आँखामा झलझल आउँछ
तिम्रा नयनबाट
गङ्गाजमुना बगेको
तिम्रो त्यो केश
हावासँगै लहरिएको
तिम्रा थरथर काँप्दै गरेका ओठ
झुकेको नजर उठाएर
थोरै लजाउँदै
समीप बोलाएकी
आफ्ना समीप पाएकी
तिमीले मलाई
अँगालामा बाँधेको
कहाँ भुल्न सक्छु होला र !
त्यो मलिन अवाजमा
छाडेर नजान गरिएको बिन्ती,
सङ्घर्ष सधैँ गर्ने जीवन न हो
मायाँ प्रेममा
एकअर्काको साथमा बस्ने
भनेका ती मीठा
तिम्रा वचनहरू
मेरा स्मृतिमा आलै छन् ।
मैले अझै नियालेको छु
विधिको विधान
कसले टार्ने
मेरो परिस्थिति
मेरो बाध्यता
तिमीलाई भनेकै त थिएँ
तिमीले नि स्विकारेकी थियौ नै
केही वर्ष ती बाध्यातामा
सुधार ल्याउन
तिमीबाट एकक्षण टाढिएको
मात्र मेरो देह न हो ।
तिम्रो याद तिम्रो साथ
ममा हमेसा थियो
र तिमीसँगै बिताएका पल
सँगै खाएका कसम
सँगै बाँधेका वाचा
मनमा गुनगुनाउँदै
ठूलो सपाना नभए पनि
तिमीलाई खुसी दिन
तिम्रो साथमा यो जीवन बिताउन
हो केही साकार सपना लिएर
आएको थिएँ म हाँस्दै ।
तर ! मेरो पैतालाको
माटो हरायो
म निद्रामै थिएँ सायद
अचानक सपनाबाट ब्युँझिएँ ।
आश्चर्य लाग्यो
त्यो सात कोस परबाट
रङ्गिएको
तिम्रो सिउँदोमा
बाध्यता र विवशताको
कुनै प्रकारको रङदेखि
विश्वाघातको सौगातमा,
आफैँप्रति लज्जित भएँ
तिमीले मसँग बाँधेका
वाचा सम्झेर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।