भटाभट नानीहरू जन्मिरहेका छन्
परिपक्व जन्माइमा हीराजस्तै छन्
कोही सिजरियन गरेका अचकल्टेजस्तै छन्
तुहिएका पनि जन्मँदै छन्
जन्मनु सृष्टि हो – निरन्तरता हो
खुसी हुन्छन् हीरा जन्माउने आमाहरू
दुःखी हुन्छन् कट्मिरा जन्माउनेहरू केही दिन
फेरि उब्रिन्छन् अनि सुन बनाउने धुन बजाउँछन्
रुन्छन् केही दिन तुहाउने आमाहरू अनि बिर्सन्छन् सुत्केरीव्यथा,
जोर्छन् हलगोरु अर्को असारमा
ओथारो बस्न पाउँदैनन् थारा कोखहरू,
उनीहरू सबैलाई ताली बजाउँदै लोरी सुनाउँछन्
यसरी नै सृष्टि हुन्छ सिर्जनाको
यसरी नै जन्मिरहन्छन् शब्दका नानीहरू पनि ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला