
विश्वराज अधिकारी
हरेक न्याय निष्पक्ष हुँदैन
निष्पक्ष भएर गरिएको न्यान पनि
घोर अन्याय हुन्छ
निष्पक्ष हुनु आफ्नो पक्ष लिनु होइन ?
खोइ यो कुरा संसारले किन नबुझेको ?
आफ्ना छोराहरूलाई निष्पक्ष भएर
न्याय दिँदा
आफ्ना छोराहरूबीच
खानेकुरा जस्तो मलाई
मेरी सासूले समान किसिमले भाग लगाउँदा
आफ्ना पाँचै छोराहरूसँग
मेरो विवाह गराउँदा
कुन्ती त निष्पक्ष भइन्
तर के मैले न्याय पाएँ ?
‘ममाथि अन्याय भएको थियो’
मैले यसरी कराएको हजारौं वर्ष भयो
तर हस्तिनापुर दरबारबाट
मैले कराएको आवाज बाहिर आउन सकेन
संसारले भने कुन्तीको निष्पक्षताको गुणगान गर्यो
ममाथि अन्याय भएको किन चर्चा गरेन?
कसैसँग यो प्रश्नको उत्तर छ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
