सुन सुन साथी हो म केही भन्छु ।
साथी र भाइको सवाई कहन्छु ।।

साना साना हात मेरा सानै कुरा लेख्लान् ।
साना साना आँखा मेरा सानै कुरा देख्लान् ।।

धेरै जना साथी हुन्छन् साँच्चै साथी थोरै ।
कुरा मिल्ने धेरै होलान् मन मिल्ने थोरै ।।

एउटालाई चोट पर्दा अर्को दुख्नु पर्छ ।
साथीलाई मर्का पर्दा सबै जुट्नु पर्छ ।।

आयो भने समस्या सबै जुटौं साथी ।
हटाएर समस्या खुशी बनौं साथी ।।

एउटा हातले बज्दैन कहिले पनि ताली ।
मिलिजुली बजाऔं दुवै हातले ताली ।।

ठूलालाई आदर गरौं सानालाई माया ।
सुख दुःख जिन्दगीको जस्तै घाम छायाँ ।।

संकटमा मद्दत गरौं उन्नतिमा खुशी ।
रचनामा दंग परौं सिर्जनामा सुखी ।।

लेखेँ मैले कविता गाएँ मैले गीत ।
हामी सबै मिली गरौं एक अर्काको हित ।।

कक्षा ५, मातृभूमि स्कूल, लोकन्थली, भक्तपुर