सुन्छु म यहाँ
हावाहुरी कोठा र कोटाको
युद्धमा विजयउत्सवमनाउने शङ्खघोष फुक्दै
वादीप्रतिवादी डलरी रुप धारण गरि
न्यायिक बहसमा भागलिदै छ रे
एउटाले कोठा ठूलो त अर्कोले कोटा
दुवै आ–आफैँलाई अब्बल साबित गर्न
जुटाउँदै छ रे इतिहासदेखि वर्तमानसम्मका सबुत
हुरीले आधुनिक युगको वैज्ञानिक आविष्कार पेस गर्ने रे
हावाले सनातनदेखि चलेको प्रथालाई पेस गर्ने रे
आखिर यिनीहरु
जतिजतिआफूलाई चातुर्य ठानी
प्रमाण पेसकाभ्रमितहोडबाजीमा लम्किन्छन्
उतिउतिआ–आफ्नै सर्वाङ्ग देखाउन
उद्धतभई रहेका छन रे नि त
तितोसत्यहजुरबाले भन्नुभा ।
त्यसैले होसियार
हावाहुरीकाभेषमाआएकाखहरे बाढीहो
तिम्रासर्वाङ्ग प्रदर्शित भुलभुलैयाका
रङ्गमञ्चमाभुलिदै
आपसमाजगमगाउँदै गरेको राष्ट्रियता
हाँस्दै, खेल्दै, रम्दै, रमाउँदैअङ्कुराउँदै
गरेकोभ्रातृत्वलाई डगमगाउन
नदिनकाखातिर
सयौँ थुँगाफूल एउटै मालामाउनिदै
पर्खाल बन्ने छौँ ।
याद गर
भ्रमितधमिलो जालो फिजाएर
आपसी दोषारोपणका घृणित कार्यलाई रोज्दै
चौँकादाउहान्दैमातृत्व र भ्रातृत्वमाथि
आत्मघातीगोल गर्ने रहर छ भने
केवलत्यो
दिवा सपना साबितहुनेछ
बरु आफ्नै आत्मालाई साक्षी राखि
सक्छौ तिमीभित्रै रहेको
रावणसँग खेलिरामलाई पैदा गर
सक्दैनौ
न त तिमीआफूलाई रावण सिद्ध गर्न सक्छौ
न त रामनै सिद्धहुन सक्छौ ।
अबसिकहावाहुरीतिमी
दोषारोपण वैमनस्यको भावत्याग्दै
बुद्धको पदचाप पछ्याउन
म नै सर्वेसर्वा भन्ने भावत्वलाई त्याग्दै
पृथ्वीनारायणको राष्ट्र वाणी मननगर्न
संसारमा सीप नै ठूलो हो भन्दै
बाहुबल अरनिलेझैँकलाको अनुकरण गर्न
असत्यलाई छोड्दै सत्यतामाबाँच्नकानिम्ति
सीताले जस्तै अग्नि परीक्षादिन
विश्वबन्धुत्वकाभावनाकायमगर्दै
भृकुटीले जस्तै विश्वसामु आफ्नो परिचयदिन
गरे को हुन्न सफलयहाँभन्दै
पासाङ्ग ल्हामूले जस्तै साहसीको उचाइचुम्न
देश रहे न आफू रहने हो भन्दै
वीर बलभद्रले जस्तै किल्लाको रक्षाहेतु
दुस्मनको शिर छेदनगर्न
हरदमखोज्नसिक
आफैँभित्र रहेको आत्म स्वाभीमान
जहाँहामीबीचभावत्वको सिर्जना गरी
कोठा र कोटा बीचको खाडललाई
समताले सम्याउँदै
हर्षोल्लासका साथमा
दुवैलेस–सम्मानपाई अङ्कुराउँदै
झाङ्गिदै फुल्दै फल्दै गर्नलागेको
महान् मौलिकस्वतन्त्रता
जो तिमी चाहन्छौ ।
म भन्छु हावाहुरी
कोठा र कोटाकै
विषयलाईलिएरआपसमा दोषारोपण नगरौँ
तिम्राकोठा र कोटामा अल्झेको कुतर्कले
मूल्यावान् समय र जीवन व्यर्थनफालौँ ।
बरु हामी प्रणरुपी प्रतीज्ञा यो गरौँकी
नाङ्गीनलागेको मातृत्वमा
बहुमूल्यावान वस्त्र लगाउने छौँ
गुमाउँदै गरेको सद्भावलाई
सम्पूर्ण नेपालीकामनमाजगाउने छौँ
ओइलिदै गएको भ्रातृत्वलाई
मलजलहाल्दै हरियालीबनाउने छौँ
डगमगाउँदै गरेको राष्ट्रियतालाई
शिर उच्चपार्दै जगमगाउने छौँ
लुटिदै गएको अस्तित्वलाई
सिंहाअवलोकनगर्दै रक्षागर्ने छौँ
ढल्मलाउँदै गरेको वीरतालाई
आफ्नै माथा समर्पण गर्दै जोगाउने छौँ
धुर्तहुँदै गएको स्वाभिमानलाई
नैतिकतासिकाउँदै इमान्दार बनाउने छौँ
खल्बलिदै गरेको शान्तिलाई
मालश्री धुन सुनाउदै अमनचैन कायमगर्ने छौँ
मिचिदै गएको सिमानालाई
अटलपर्खाल बनि रक्षागर्ने छौँ
हावीहुँदै गएको छिमेकीलाई
न्यायिक कठघरामाउभ्याउँदै सभ्यबनाउने छौँ
मर्दै गएको भावनालाई
आपसमा सहकार्य गर्दै जगाउने छौँ
बढ्दै गएको आपसी दुरीलाई
नित्यभलाकुसारी गर्दै समीपमाल्याउने छौँ
हराउँदै गएकाशब्दलाई
अहोरात्रखोज्दै बृहतबनाउने छौँ
नासिदै गएको मानवीयतालाई
दुःख सुखमा सहकार्य गर्दै घनिष्ठ बनाउने छौँ
धमिलिदै गएको हावाहुरीको सम्बन्धलाई
वर्गीय विभेदको अन्त्यगर्दै स्वच्छ बनाउने छौँ
अवश्यअबतबुझ्यौ नि हैनतिमीले
त्यसैले आउनगर बेर
एक न एक दिन
सफलताको शिखर चुम्ने दृढ सङ्कल्पमा
हातमाहातकाँधमाकाँधमिलाउँदै
मानवीय सभ्यताको बीजारोपण छरि
अङ्कुराउँदै गरेको सभ्यतालाई
मलजलहाल्दै सदा सर्वदा सभ्यताको मालीबनि
फुल्नफल्नदिई
फलेकाफलसमतामूलकबाढेर खाने
हजारौ थरि फुलेकाफूलहरुलाईएउटै मालामाउन्ने
एकताकाप्रतीकमागोलबन्धितहुने
नेपालीभूमिमाधावाबोल्नेमाथिवीरत्व देखाउने
कुनै लालचमानफस्ने बाचागर्दै
सदाकानिम्तिकोटा र कोठाको बहस अन्त्य
भएको घोषणगरि
नेपाल र नेपालीको हितमा
विजयउत्सवमनाऔँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।