घिङनाहा बढ्दैछन
साइधुवा मुक्ति पाउँदैछन
निञा मारिदैछ
अशुरी आनायमा
कविलाहरू आभिलीत छन
पोतापोतीहरूको माथा देखि तरवासम्म
किल्विषै किल्विष
हापु र गोजाको त कुरै छाडौ
सजकुमरा र कदिमा समेत नपाएर
भौतारिएको
देख्दैछु ।।१।।
पर्खन,
ऋतुभूजको त्रिविष्टपमबाट
आभास्वरा आउनेछ
दितिसुताको यक्षार्भबाट मुक्ति दिलाउन
मधुरिपुको मानव म
रक्षाहेतु विधु विछ्याउँछु
कौस्तुभिय सुदर्शन सहित
पन्नगाशनमा
व्योमकेश पठाउँछु
संसारमा विभूति फिँजाउँछु ।।२।।
आप्पा,
अर्थ-जिविकोपार्जनहेतु
हेरम्बतुंडि पठाउँछु
निकषात्मजको अन्त्यहेतु दण्डधर
अराजनैतिक, निषेधाधिकार अन्त्य गर्न
शेनापति जयन्तलाई
दम्भोली उपहार दिन्छु
सुधर्मा त्यही बसाउँछु ।।३।।
माङ,
तिलोत्तमा, उर्वसीबाट
नवपुस्ता श्री अंकुराउँछु
स्रमिरण प्राण भराउँछु
साहसम्मत-आत्मवल बढाउनु न
वाचस्पतिमै
निकेतन बनाउँछु
विभाकरलाई प्रत्युषमै
भानु छराउँछु ।।४।।
दाई,
नडराउनु
माधव देखि मधुभित्रै
कल्पान्त किल्विष मेटाउँछु
तिमि श्रेयले आमोद हुनु
सदचित्त आनन्दले
स्तुति गाउनु
नेपालबाटै
विश्वमा शान्ति फैलाउँछु
सर्वेसन्तु: निरामया
सम्पुर्ण पुर्ण हुनेछ
कोरोना आभिलबाट
अशुरी आनायबाट
मुक्ति म दिलाउँछु
शकुनीशा उल्टनेछ
द्रौपदी चीर रक्षितिनेछ
दवलथ ईश इजारा भो
सर्वे भवन्तु: सुखिन
अवस्य भविक हुनेछ
यहि नै मेरो चाहना
सेवारो सुम्हात्लुङ्ग
यहि नै मेरो कामना ।।५।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।