साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

माटोमै कतै तिमीलाई चुम्छु

प्रिय
सङ्गमर्मरझैँ सफा तिम्रो
पैतालाका चाँदनीहरुमा
खेतका यी छुद्र हिलाहरुले
नमिठा उपहास गरिदेलान्
वैजन्ती वसन्तका रेशमी घाँगरमाथि
गराका तिखा घाँसहरुले
धृष्ट उपद्रो गरिदेला
कस्मिरी पटुकी अनि सिफनको घुम्टो उपर
आलीका अटेरी बकुल्लाहरुले
गिज्याउँदै उल्याउँदै, छेउछिटो गरिदेला
त्यसैले म भन्छु प्रिय

सम्बन्धित पोस्टहरु

कविता- ओखरको रूख ।

तैजस शर्मा

साउनका हरित पत्रकेसरहरुले
मेरो सानो उपत्यकालाई
धपक्क छोपी राख्दाका दिनमा
बिन्ती, तिमी मलाई भेट्न नआऊ
हो म, बिल्कुलै तिमीले गरेको कल्पनाबाहिर
हिलाम्मे सुरुवाल, मटमैलो दौराबीच
एक हातमा कोदालो, अर्को हातमा जुवा भिरी
धर्तिको यो प्रौढ माटोमाथि
करुणाले ओतप्रोत असार भाक्दै
गरा-गरा, आलीआली
पेरुङ्गोले मुख बन्द हल गोरु पछाडि
जात्रै गर्दो पो हुनेछु
प्रेमातुर तिम्रा सम्बोधनसमेत
ख्याल नगरी सायद
वैशालु रोपारका धाप पछिपछि
मानौँ धानका वासनासरह
छाताछुल्ल हिलोमै
पोख्खी पो रहेको हुन्छु कि !
त्यसैले म भन्छु प्रिय
असारले मैमत्त
किसानहरुसँग गाउँमा आई
मलाई नसोध्नु
म आफूबाटै बाहिर हुन्छु
हुनसक्छ पिरतीलाई कतै माटो भन्छु
माटोलाई कतै तिमी भन्छु
हत्केलाभरि उभाएर ‘प्रिय प्रिय’ भनी चुमिरहन्छु
मुर्छा परी घोप्टिरहन्छु ।

 

प्रतिक्रिया
Loading...