…………………………………….
यो देश तपाईको पनि त हो श्रीमान
नेताहरुले मात्रै कहाँ सक्न पाइन्छ र?
तपाईंको भागमा पर्ने हिस्सा त
तपाइले नै सक्न पाउनु पर्यो नि।।होइन र ?
***********
अपांग बनाएर
राज्यका सवै अंगहरु
घगडान नेताहरुले
शक्ति जति सवै
इजलासमा बुझाएकै छन्
***********
सर्वाधिकार सम्पन्न भएको बेला
प्रभुहरुलाई खुशी पार्ने
यो भन्दा उपयुक्त अवसर
सायदै आउला श्रीमान
स्वर्ग त तपाईंलाई पनि त जानु छ
**********************
सर्वोच्च न्यायलयको शक्ति प्रयोग गर्नुस्
र, जसो गर्दा प्रभूको आशिर्वाद प्राप्त हुन्छ
त्यस्तै फैसला गर्नुस श्रीमान
आखिर अन्तिम व्याख्याता तपाई नै हो
आखिर हामी रैती न हौ ?
प्रश्न उठाउने अधिकार राख्दैनौ क्यारे !
चुपचाप स्वीकारी दिउला
स्वीकार्नुके विकल्प छ र श्रीमान
निरीह रैतीहरूलार्इ ?
**********************
देश र जनताको केही चिन्ता नलिनुस श्रीमान
त्यो काम पशुपतिनाथलाई छोडिदिनुस
तपाई आफ्नो भलाई हेर्नुस श्रीमान
जे गर्दा प्रभूको आशिर्वाद प्राप्त हुन्छ
र, चाडै स्वर्ग जान पाइन्छ
त्यस्तै फैसला गरिदिनुस !! श्रीमान
**********************
संविधानका धारा हेर्नुस् श्रीमान
कानुनका दफा हेर्नुस् श्रीमान
दक्षिण वा उत्तर जता फर्किनु छ फर्किनुस्
जे गर्दा अस्थीरता बलियो हुन्छ
जे गर्दा देश असफल हुन्छ
त्यही फैसला गर्नुस् श्रीमान
**********************
निर्वाचन हुनै नसक्ने अबस्था देखेमा
मिति तोकेरै निर्वाचन गर्नु पर्ने फैसला गरिदिनुस्
कसैको सरकार बन्न नसक्ने अबस्था देखेमा
संसद व्युताइदिनुस्
जे गर्दा देश असफल हुन्छ
त्यही फैसला गरिदिनुस् श्रीमान
**********************
आखिर तपाईं पनि त
सतिले सरापेकै देशको न्यायमुर्ति त हो नि..१
किर्तीपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।