साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- वास्तविक जीवनको खोजी गर्दा

रवि सुवेदी

बादलु घुम्टो चिहाएर जीवन खोज्दा
जीवनका हरेक सुुस्केराहरूले
जीवन सिकाउने रहेछन्;
लहराले जीवनको बाटो देखाउँने रहेछन्
छहराले जीवनको गन्तव्य डोर्‍याउँने रहेछन्,

भीरमा फूलेको सुनगाभाले सबैलाई लोभ्याउँएर

सम्बन्धित पोस्टहरु
जीवन जीउन सिकाउँछ!
हिलोको दल्दलमा फसेको कमल हाँसेको
देख्दा समय र परिस्थितिका उल्झनमा परेर पनि हाँस्न सिकिँदो रहेछ,
र बाँच्न सिकिँदो रहेछ भित्र आत्मैदेखि,

वनमा एक्लै फक्रिएक‍ो लालिगुराँसले
पनि आज संसारलाई नै सुन्दर लालीमा रङ्गाउन सिकाउँछ
सुन्दरताको वास्तविकता सिकाउँछ
सयपत्री र मखमलीको शारदीय प्रतीक्षा देखेर हाँस्दै गरेको पलाँस निन्याउरो मुख लाएर
आफ्नो अवस्था नियाल्दैछ चुपचाप,

सबै रात्रिको अन्धकारमा हराएका बेला
आफ्नो सुगन्ध फैलाउँदैछ पारीजात आफ्ना ऋतुहरूमा,
हाँस्दैछन् शिरिषहरू आफ्नै मोहकतामा
र फक्रँदैछन् नयाँ कोपिलाहरू,

जब पारिजातको सुवाषले उषासँग मित्रता गर्छ
शिरिषका रङ्गविरङ्गि कुसुमहरूले क्षितिजलाई रङ्गाइदिन्छन्
सबै निल्छन् जीवनका घुड्कीहरू
जाही र जुहीको ओथारोमा जिस्क्याउने धुपीले बिस्तारै सिक्दैछ कलाकारिता पाठ,

अन्त्यमा
सुनाखरीको मोहकतामा लठ्ठिएर मित्रता गाँस्न पुग्ने
भँमरालाई के थाहा जीवनको अस्तित्व?
रस बटुल्दै हिँड्ने माहुरीलाई के थाहा जीवनको रस!
जीवन त त्यही सुनाखरीलाई थाहा छ
समस्त शरीरमा व्याप्त जीवन
बस्!
प्रतिक्रिया
Loading...