तिम्रै थियो तिमीले लग्यौ यसमा के गुनासो गर्नु
तर जसरी लग्यौ जुनबेला लग्यौ त्यसमा मेरो भन्नु छ ईश्वर

कोखमा दियौ काखमा ल्याएँ छाती चुसाइ मुटुमा पुर्याएँ
तिम्रै नासो तिम्रै ऋण मैले त ब्याजमा सपना सजाएँ

एउटा यस्तो दिन आयो निद्रैमा मलाई ऐठन भयो
अचानक छाती गानिएर चसचस दुख्ने गानु पलायो

पग्राउन नसकेर मैले पुकार्दा ऊ भने झन झन पर पर भाग्यो
भौतारिदै म खोज्दै थिए बाटैमा तिमीले मलाई रोक्यौ
….

हे ईश्वर
तिमीले आफ्नो नासो माग्दा ‘नाई’ मैले कसरी भन्नु
फिर्ता गर्न तयार भै केवल एउटा फिराद गरे :

चिर निद्रामा पुग्दै गर्दा तिमीसँग मिल्दै गर्दा
अन्तिम घोटी ख्वाउन देउ
एकपटक आफ्नो काखमा राखी
उस्को मुहार सुम्सुम्याउन देऊ
झर्ने आँसुलाई बिचैमा बटुली
उसका कलेटी ओठ्लाई
एकपल्ट भिजाउन देऊ

रन्जु पाण्डे

यति नै त मागेकी हो मैले तिमीसँग
हे ईश्वर,
फेरि अचानक किन यसरी झ्याप्पै निभायौ

मैले आफूलाई तयार गर्दै त थिएँ
बिचैमा तुहिएको सपनाबाट ब्युँझिएर
आफूलाई सम्हाल्न खोज्दै त थिएँ
फेरि संघारमा पुर्याएर हे ईश्वर
अचानक किन ढोका ढ्याम्म लगायौ ?

मीनभवन , काठमाडौं