खेलको उद्देश्य उस्तै
जसरी भुगोल अनुसार
भाषा मा बिबिधता पाइन्छ
केहि नियम र खेल्ने तरिकामा फरकपन देखिन्छ।
उताका खेलाडीहरु
खेललाइ धर्म मान्छन
दर्शक को चाहना आफ्नो अभिस्ट ठान्छन
बल जोसुकै को खुट्टा मा होस
त्यसले फरक पार्दैन
गोल जसले गरोस
त्यसले अर्थ राख्दैन ।
फरक त्यसले पार्छ – भनिएका बाचा पूरा गरियो या गरिएन।
अर्थ त्यसले राख्छ – दर्शक लाई कति संतुष्ट पारियो ।
हरेक सफलताको जस
हरेक असफलताबाट पाठ
प्रत्येक ले स्विकार्छन
मैदानको गरिमा बढाउन
उत्कृष्ट प्रदर्शन का लागि
मिल्छन मिलेर गन्तव्य चुम्छन।
उनिहरुका लागि नियम एउटा आधार हो
त्यो जस्तो होस
या नहोस खेललाई प्रभाव पार्दैन।
आफ्नो आवश्यकता गौण रहन्छ
प्राथमिकतामा केबल दर्शक ।
केबल मैदानको गरिमा।
यताका खेलाडीहरु
खेललाइ पेशा मान्छन
खेल्न आउनुपर्दैन
मैदानमा उत्रन्छन
बल आफ्नो खुट्टा मा हुनुपर्छ
अरुलाइ जति असर परोस।
गोल आफैले गर्नुपर्छ
नभए मान्य हुदैन।
गोल गर्ने लालसाले यति सम्म अन्धो बनाउछ
कि पटक पटक आत्मघाती गोल गर्न तयार रहन्छन।
दर्शक के चाहन्छन – हु केयर्स?
मैदानको गरिमा के हो- ननसेन्स ।
खुट्टामा बल नभएपछी
प्रश्न मैदान माथी उठ्छ
जस्तो कि – नाच्न नजान्ने आगन टेढो।
नियम नै गलत भन्छन्
नियमका प्रती जलाउछन।
स्वार्थले सजिएका म्याच फिक्सिङ का किङ्हरु
आफुलाइ
चम्चे – पुच्छरका आखामा
पेले
म्याराडोना
रोनाल्डो र मेस्सी देख्छन ।
दर्शकको चाहा त सदैब गौण।
प्राथमिकतामा त आफू र आफ्नाहरु।
कसैले भनिदेओस –
उत्कृष्ट खेलका लागि क्षमता चाहिन्छ नियम हैन।
कसैले देखाइदेओस-
थोरै नियम र नियम बिना पनि विश्वबिजेता बनेकाहरु।
नुवाकोट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।