साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- तरंगित यो मन

Chovar Blues Mobile Size

छुट्नै लाग्दा वायुयान
जसै चिहाँउछु मेरो वागमती
कालो कालो देख्छु
धुमिल धुमिल देख्छु
डम्म ढाकेको बादल
sagarmani mobile size
कैले मुस्कुराउला गौरीशंकर ?
विषाक्त बनेको हावा
कैले फुल्ला फूल ढकमक्क
मनभरी तरंग ल्याउने गरी
कैले बज्ला मादल ?
छमछमी नाच्ला यो मन
यहि माटोको लागि
कैले बग्ला पसिना
अनि पूर्ण होला मेरो जीवन
जब दुख्छ देश यो छातीमा
उड्नै लागेको वायुयान
जब चिहाँउछु झ्यालबाट
तरक्क तप्किन्छ आँसु
अमिलो हुन्छ मन
आँसुजस्तै
पसिनाको गन्धजस्तै

लक्ष्मी देवी गौडेल
आमा विकासले बाटो पुर्‍यायो
आँगनको डिलमा फलेको कागती बोकेन
करेसामा फलेको सिमी बोकेन
न बोक्यो बाटोले
लहलह झुल्ने धान र गहुँ
बरु बोक्यो मलाइ
कतारतिर
उसलाई
यूरोप अमेरिकातिर
उदास बनायो तिम्रो मन
उराठ बनायो रनवन
लटरम्म धान झुल्ने
गैरीखेतमा बनमारा उमारेर
आमा के खान आईयो
यो परदेशमा
कैले झुल्ला फाँट
कहिले हाँस्ला आमाको मुहार
साँझ दियो बालेर
बाटो पर्खिरहेकी प्रिया
कहिले फुल्ला
बेली चमेली
अनि रातै सजिएर
छमछमी नाच्लान् ढुकुरका जोडी
उजाड भएको गुरुङ्ग गाउँ
सिस्नु उम्रेको घडेरी
कसले गाउला अब
वनै गुञ्जने गरी
मनै गुञ्जने गरी
यानी माया, सालेजो
कसले बजाउला धिमे ढोलक
अनि नाच्लान्
धाननाच र साकेला
यता मेरो पसिना बग्छ
रगत बग्छ
फुल्छ मरूभुमि ढकमक्क
फर्किन्छ कि मेरो जीवन बाकसमा
ढक्क फुल्छ छाती
तरक्क तप्किन्छ आँसु
जसै वायुयान उड्छ आकाशमा
प्रतिक्रिया
Loading...