कविता- युग

श्यामु लम्साल (बर्मा)
बोल्नुपर्छ सत्य
असत्य अनि झूट पनि
कलियुगको रीति
कसैको डर न कर ।
स्वतन्त्र जिउनुपर्छ
मन बेहाल भए पनि
मुहार मुस्कुराउँदै
असत्य नि बोल्नुपर्छ ।
साथै सत्य पनि
अनि मात्र जीवन
जीवनजस्तै हुन्छ भन्नेलाई
देखाउनु छ यार
जिउनु कसरी
बाँच्नु कसरी भनेर ।
तर अफसोस लाग्छ
यहाँका मानिस
दुई छाक खानाका लागि
सर्वस्व लुटाएको
करोडौँ झूट बोलेको
दानवलाई देउता मानेको
वा !
बुद्धिजीवी मानव
कसरी गरौँ तिम्रो प्रशंसा
तिम्रो रीतिथिति देखेर
आज राम ,कृष्ण, बुद्ध भन्दै
भोलि अल्लाह क्रिस्चियन भन्दै
जीवन बिताउनु कुन युगको रीति हो ?
म अबोध निमुखालाई
दर्साइदेऊ
वास्तविक जीवन जिउन
यस्तै षड्यन्त्रको युग रच्नुपर्छ र ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
