कविता- माछा र मान्छे

जीविका अश्रु (गान्तोक, सिक्किम)
सदियौँदेखि शिक्षकले,
सानो माछालाई ठूलो माछाले खान्छ
भनेर पढाइरहे।
प्रजाति जुनसुकै होस्
फरक पर्दैन रहेछ माछालाई
आफ्नो आहाराका लागि ।
बस् सानो अर्थात् निर्धो भए भैहाल्ने ।
समाजमा
ठूला मानिसले साना अर्थात् निर्धा मानिसलाई
कहिले लालच देखाएर,
कहिले हतियार देखाएर
कहिले प्रेमभाव देखाएर
कहिले लाचारीको फाइदा उठाएर
चुसिरहँदा रहेछन्
खुन र पसिना ।
दिइरहँदा रहेछन्
आँसु र दर्द ।
जुनसुकै जातको होस्
जुनसुकै धर्मको होस्
वा
जुनसुकै समुदायको होस्
सानाको नियति
सधैँ सबैको एउटै रहेछ
माछा होस् वा मान्छे ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
