साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- रत्नाकारले तीर चलाउनुपर्छ

Chovar Blues Mobile Size
रूपक अधिकारी

 

मेरो रत्नाकार आजभोलि रामायण लेख्दैन
कसरी लेखोस् ?
राम लेख्दा रण लेख्नुपर्छ
जङ्गल लेख्नुपर्छ
पराक्रम ,
sagarmani mobile size
त्याग ,
हनुमान्
र लेख्नुपर्छ सीता मातामाथिको अग्निपरीक्षा ।
– रण जित्नुपर्छ
रावण लेख्दा धर्म
भक्ति ,
प्रेम ,
स्वर्णिम लङ्का ,
विभीषण
र एक-एक गरेर सनातन लेख्नुपर्छ ।
शिव पुराण सुन्नुपर्छ
मृत्युञ्जय जप गर्नुपर्छ
र सत्य यो हो उसले केही पनि जानेको छैन
र अर्को सत्य यो हो न यहाँ रत्नाकार मेरो पकेटमा छ
न मैले वाल्मीकि धर्म जान्दछु
भन्नुस् अब कसरी लेखौँ रामायणको नयाँ अध्याय ?
यहाँ रण पनि उसकै छ
धर्म पनि उसको
राजनीति उसको
सिंहासन उसको
राज्यकोषको ढुकुटी उसको
स्विसमा राखिएको कालो धन पनि उसको
विभेदको भ्रष्ट अफिम बाँड्ने ढोँगी हो ऊ
सडकमा उही छ ,
प्रतिपक्षी ऊ ,
सदनमा ऊ
थर सोध्ने घरभेटीका साथमा उही छ
र सेतो कोट भिरी औषधि गर्ने वैद्य उही हो
उसको यहाँ छैन त केवल राज्यप्रतिको दायित्व
– विकासको लक्ष्य
– समृद्धिको अवधारणा
तर केही नजानेको रत्नाकारले मलाई धेरै कुरा सिकायो
रामायण लेख्नुपर्ने कारण सुनायो
अब जहाँ धर्म छोडेर जात र अजातको प्रश्न आउँछ
विभेदको राजनीति हुन्छ
त्यहीँ निसाना गरी तीर चलाउनुपर्छ
किनकि यहाँ मुस्किल छ सुग्रीव र बाली छुट्याउन ।
गौरादह – १ , झापा 
प्रतिक्रिया
Loading...