कविता- आस्था
सुनौली बिहान
मिरमिरे उज्यालो
सूर्यको किरण
पृथ्वीमा स्पर्श नगर्दै
मधुर अवाज लिई
तिम्रा सिरान समीप
तिमीलाई जगाउन आउँथे
किनकि
तिमी नै सर्वश्व थियौ
म निमुख थिएँ
र पनि तिम्रो त्यो
सुनौली वातावरणमा रम्दथेँ
तिम्रो सेवक हुनुमा
गर्व गर्थेँ
रत म सधैँ रम्थेँ
तिम्रो साथमा
तिमीले गरेको करुणा
ममाथिको प्रेम
अपार थियो
म दृढ विश्वासले
यो जुनी त के
कुनै जुनीमा नि
तिम्रो साथले
यो साथ नछोडोस्
म निमुखामा नि
त्यो भाव प्राप्त भइसकेथ्यो
र त कुनै डाहा थिएन
न त आकाङ्क्षा नै
त्यसैले त
तिमी खाएर
थालमा रहेका
ती एक दुई सिता अन्न खाएर
तिमीप्रति रम्थेँ
तिमीलाई सर्वश्व मान्थेँ
त्यो नै मेरो भ्रम भएछ
म त आखिर कै नै रहेछु र
तिम्रो एक छाक भोजनको
म एकछाक तरकारी न हुँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला