रूपेशकुमार कार्की

तिमीले बेच्छौ देश, खोलानाला, चुरे र युरिनियम।
म बेच्छु मेरो परिश्रम र पाखुरी
हो यहाँ, यही बेचाइ फरक छ।

तिमीले खान्छौ घूस र बनाउछौ बङ्ग्ला र चिल्ला कार,
म खान्छु मासिक तलब र बस्छु झुपडीमा,
हो यही खुवाइ, हिँडाइ र बसाइ फरक छ।

तिमीले खाँदा घूस पनि पारिश्रमिक भन्छौ,
मैले खादा त्यो घूस पनि भ्रष्टाचार हुने,
हो यही मान्छे र अवस्थैपिच्छे भ्रष्टाचारको परिभाषा फरक छ।

हो तिमी गर्दै हिडिराछौ आदर्श कुरा र भाषण,
म गर्दै छु जीवन सङ्र्घषका कथा,व्यथा र समाज परिवर्तनका कुरा,
हो यही कुरा बोक्रे भलादमीपन र यथार्थतामा फरक छ।

हो तिमीलाई समाजले नेता-घूसखोर भन्छ,
मलाई सामान्य मानिस भन्छ,
हो तर ‘तिमी’ र ‘म’ मा यही इमान्दारिता फरक छ ।(२)