
स्टार मंगोल
बौद्धिक क्षमतामा अरूलाई पछारेर
माथिल्लो दर्जामा चढेकी उसले,
सुन्दरतामा!
साक्षात् राजकुमारी ऊ,
चलचित्रका हिरोइनहरूलाई
पेच मार्न सक्ने रूप भएकी उसले
चमक बौद्धिक र तेजस्वी अनुहारले
कैयौँ प्रतिस्पर्धीहरूलाई पछि पारेर
सुन्दरताको ताज पहिरिएकी
जजहरूको मन जितेर
मिस वर्ल्ड बनेकी उसले,
त्यो सुन्दरताको प्रतियोगितामा
भाग लिई
यो सुन्दर संसारमा
आफू सुन्दर भएको,
सुन्दर खबर सुनाएको त्यो दिन!
एउटी अदना,
कुरूप स्त्रीको मन
कसरी बुझाइदेली??



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
