डा. बिनोद ढकाल (विधा)

छ महिना भयो
ऊ उठेको
अर्को छ महिना भयो
ऊ सुतेको छैन
आजकाल जाँगरिलो भएको छ ।
हुन त पहिला ऊ कम जाँगरिलो थिएन ।
आजकाल अझ फुर्तिलो देखिएको छ ।

उसले धेरै आँसु देखिसक्यो
उसले धेरै रुवाइ सुनिसक्यो
ऊ अब निदाउन सक्दैन
निदाइहाले पनि उसलाई उठाउन बाजा बजाउन पर्दैन
ऊ मोटो छैन
ऊ अग्लो छैन
उसको भुँडी सानो छ ।
उसलाई चलाउने अरू कोही छैन
बलियो विद्वान् तर दुष्ट
उसले रावण दाइ पाएको छैन
आज कुम्भकर्ण निदाएको छैन ।
अब कहिल्यै बेटाइममा निदाउँदैन पनि ।