साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मन्दिर र भक्तिभाव

छन्द कविता

(अनुष्टुप् छन्द)

रोजी बिडारी

मठमन्दिर सर्वत्र खुलेको आज देख्छु म

भक्ति औ भावमा मान्छे भुलेको आज देख्छु म ।।

 

सच्चा भक्त भनी सारा चर्च मन्दिर मस्जिद

खचाखच बनाएर डुलेको आज देख्छु म ।।

 

धर्मात्मी धेर छन् किन्तु यस्तो अचम्म के भयो

पापको रापले धर्ती जलेको आज देख्छु म ।।

 

मुखले प्रभुको नाम भजी जो भक्त बन्दछन्

तुच्छ काम उही गर्दै फुलेको आज देख्छु म ।।

 

बिर्सिई धर्मको मर्म अन्धो भक्त बने सबै

खेती केवल हिंसाको चलेको आज देख्छु म ।।

प्रतिक्रिया
Loading...