सरकार कुकुर हुनुपर्ने
कुकुरजस्तै
सधैँ
हाम्रो रक्षामा
हाम्रो सुरक्षामा रहोस्
सरकार
सधैँ हाम्रो
द्वारपाल भएर
घरको सुरक्षा गरोस्
सधैँ हाम्रो आदेशको
सधैँ हाम्रो खटनको
पालनामा तल्लीन रहोस्
सरकार कुकुरजस्तै
अर्थात् भैरवजस्तै
हाम्रो सहयोगी होस्
मित्र होस् हाम्रो र
हाम्रो नोकर होस्
कुरा सुनोस् हाम्रो मात्रै र
हामीले दिएको मात्रै खओस्
छिमेकीले दिएको नखाओस्
छिमेकीले दिएको खायौ भने
अन्नको दोष लाग्छ
त्यसैको स्वामी भक्त हुन सक्छौ
छिमेकीको गोडामा
आफ्नो शिर गुटमुटाउछौँ
त्यसैको पछि पछि लाग्न सक्छौँ
त्यसैले हामीले दिएको मात्रै खाऊ
तिम्रो स्वामी हामी हौ
स्वामी भक्त हुनु
हाम्रो शुभचिन्तक हुनु
हाम्रो ज्यान लिने हैन
हाम्रो लागी ज्यान दिन तयार रहनु
हामी मालिक हौँ
सरकार सेवक
तै भएर
सरकार कुकुरजस्तै हुन पर्ने
देशको
चार किल्लामा
भैरव भएर
किल्लाको सुरक्षा गरोस्
सरकार
तिमी हाम्रो भैरव हौँ
देशको भैरव हौँ
भैरव भएर रहनू।
मालिक हुन नखोज्नू।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

